प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माइतीघरमा कार्की सरकार विरुद्ध जेनजीहरूको विरोध प्रदर्शन

1.03K
shares

काठमाडौं । जेनजीको समूहले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । केही दिनदेखि जेनजीहरूलाई सिंहदरबार जान रोक लगाइएपछि माइतीघरमा भेला भएर पम्प्लेटसहित उनीहरुले सरकारको विरोध गरेका हुन् ।

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, ‘सुशीलाको पाराले दुख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी समूह फेरि सडकमा उत्रिएको हो । प्रदर्शनमा रहेको समूहले माइतीघरबाट सबै जेनजीलाई एकताबद्ध हुनसमेत आह्वान गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports