सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मिडिया काउन्सिल विधेयक रोक्न पत्रकार महासंघकाे आग्रह

455
shares

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।

महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन् ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत हुन जरिवानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्थाले काउन्सिललाई स्वयायक्त नभई पुर्णरुपमा सरकारको नियन्त्रणमा राख्ने भन्दै त्यो व्यवस्था हटाउनुपर्ने माग गरे । उनले आफुहरुले गरेको आन्दोलन सरकारविरुद्ध र लोकतन्त्रविरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको बताए ।

प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउन सभामुखको ध्यानाकर्षण गराए । ‘पाइला पाइलामा सरकारसँग सोधेर मन्त्रालयसँग सोधर मात्रै चल्नुपर्ने गरि ठिंगुराएर राखिएको अवस्थामा छ मिडिया काउन्सिल विधेयक ।’

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफुले संचारमन्त्रीसँग छलफल गर्ने र राष्ट्रियसभाका अध्यक्ष, विषयगत समितिका सभापतिलाई भेट्न सुझाव दिए ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै चरणवद्ध आन्दोलन घोषण गरेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports