सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि घट्यो काठमाडौं उपत्यका भित्रको न्यूनतम तापक्रम

1.43K
shares

शनिबारको तुलनामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबार (आज) केही घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियसमा झरेको हो।हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ६.७ डिग्री सेल्सियस भएको थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे सार्वजनिक गर्छ। त्यसबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम अरू कम हुन सक्छ।मूलत: देशभर चिसो बढिरहेको भए पनि तापक्रम भने थोरै तलमाथि भइरहन्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।सबैभन्दा तल झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports