प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलाई लामाको सन्देशबाट उत्पन्न कूटनीतिक भूकम्प

3.26K
shares

 

जेनजी आन्दोलन र बिद्रोह जुन रुपमा बिस्फोटक देखियो, त्योभन्दा ठूलो भूकम्प नेपालको परराष्ट्रनीति र भूराजनीतिमा गएको छ । जेनजी बिस्फोटनपछि सुशीला कार्की सरकार बन्यो, चुनावको सरगर्मी र संसद पुनस्र्थापनाको राजनीतिक तरङ्ग उर्लिरहेकै छ, तर सुशीला कार्कीको सरकार बन्नासाथ भारतमा निर्वासित तिब्बतका धर्मगुरु दलाई लामाको पहिलो शुभकामना सन्देशले नेपाल–भारत, नेपाल चीन सम्बन्धमा कूटनीतिक जोल्ट नै गएको छ । राजनीतिक परिवर्तनको दृश्य त देखियो, कूटनीतिक जोल्टको बिजुली चम्काइ भित्रभित्रै चट्याङ्को भयावहता अनुभूत हुनथालेको छ ।
नेपालले लियो रोजको स्ट्राटेजी फर सर्भाइभलको सिद्धान्तको कूटनीतिक अर्थ बिर्सदै गएको छ । उनले भनेका थिए– गुलाफ सुगन्धित हुनुपर्छ । राजनीतिले यो सिद्धान्त पनि भुलेको छ । नेपालसँग न राजनीति बाँकी छ, न कूटनीति । नेपाल रित्तिदै जंगलराजतिर उन्मुख छ । यसैले राष्ट्रवाद तरल छ, तरल राष्ट्रवाद पानी पोखिएजसरी पोखिएको छ । जुन उठाउन र जगर्ना गर्न मुस्किल छ ।
राजनीतिमा सालको जस्तो इच्छाशक्ति भएको नेता कोही छैनन् । कूटनीतिमा विश्वले सुन्नुपर्ने, बुझ्नुपर्ने व्यक्तित्व पनि देखिदैनन् । जो थिए, खोक्रिदै गएका छन्, बोक्रिदै गएका छन् । यसकारण त पञ्चायत खराव भनेर ल्याएको बहुदल कालारात्रि बन्यो । बहुदलभन्दा लोकतान्त्रिक गणतन्त्र भनेर गरेको परिवर्तन लूटतन्त्र, अपराधतन्त्र, नैतिकहीनतन्त्रका रुपमा बदनाम भयो ।
यही बदनामीको बिरुद्ध जेनजी पुस्ता सडकमा उर्लिएका थिए । स्थापित राजनीतिक, कूटनीतिक कूशासन, कूनीतिविरुद्ध सुशासनको झ्याली पिटेर जेनजीको उभार आएको थियो । जेनजी पुस्ताले देशका सर्वाङ्गमा न्यायको माग गरेका थिए । लोकतान्त्रिक गणतन्त्रका सबै अङ्ग प्रत्यङ्गहरु गल्न, ढल्न २७ घण्टा पनि लागेन । दुई तिहाईको सरकार हेलिकोप्टरमा भाग्यो, सांसदहरु दुलाभित्र पसे, प्रजातन्त्रको बिडा उठाएको कांग्रेसका सभापति दम्पत्ति कुटिए, एकजना पनि क्रान्तिकारी, समाजवादी, सर्वहारावादी नेताको अत्तोपत्तो भएन । ८ लाख, ११ लाख सकृय कार्यकर्ता भएका पार्टी देशैभरिका सहर बजारमा थिएनन्, एकजना पनि जेनजी पुस्ताको बिद्रोहका सामु उभिन सकेनन् ।
त्यसरी मरेको थियो लोकतान्त्रिक गणतन्त्र ।
जेनजी पुस्ताको गत भदौ २३–२४ मा भएको बिस्फोटन देशव्यापी निराशाको द्योतक थियो । पार्टीहरुको मनलागीतन्त्र, नेपोटिजम, नेपोबेबीइजमविरुद्धको आक्रोश थियो । जेनजी पुस्ता चक्रवर्ती रुपमा बिजयी भयो ।
तर, जेनजीले सत्ता हाँक्ने हैसियत देखाएनन् । जे भन्यो त्यही हुने स्थितिको लाभ उठाउन सकेनन् र आफ्नो काँधमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बोकेर सत्तामा पु¥याए । ३ महिना नाघिसक्यो, यो जेनजीको सरकार हो भन्न सकिन्न, जेनजी पुस्ताहरुमाथि यही सरकारले पक्राउ गर्दै जेल कोच्दै यातना दिइरहेको छ । यसपछि प्रश्न उठेको हो– ७६ जनाले किन ज्यान गुमाए ? हजारौं युवाले किन रगत बगाए ? आमाको काख रित्तियो, देशले के पायो ? परिवर्तन के भयो ?
संविधान उही छ, संसद ब्यूँताउने मुद्दा परेको छ । संघीयता ढलेको छैन, प्रदेशसभा ज्यूँदै छ । मरेको भनेको सबै व्यूँतने बmममा छन् । नेताहरु बौरिन थालेका छन् । आन्दोलन सफल भयो, जेनजी पुस्ताले जिते ।
समयक्रमले सावित गर्दैछ, जो जड बनेका थिए, चलायमान हुनथालेका छन् । जो अचेत थिए, चेतमा आउन थालेका छन् । चट्य्राङ प¥यो, गयो । आन्दोलन हा¥यो, जेनजी पुस्ता हारे ।
यस्तो आन्दोलन, बिद्रोह के बिद्रोह ? जसले कुनै कुरा परिवर्तन नै गर्न सक्दैन । व्यक्ति र राज्यका सम्पत्ति, सम्पदा खरानी पारियो, लुटतन्त्रलाई लोकतन्त्र भन्नेहरुले त्यही खरानी पनि बेचेर राजनीतिक नाफा कमाउन थालेका छन् ।
हो, सेनाले सहजकर्ताको भूमिका खेलेकै हो । १९४० तिर हैदरावादमा शान्ति कायम गर्न सफल नेपाली सेना, २०३२ तिर खम्पा बिद्रोह समन गर्न सफल नेपाल सेनाले किन नेतालाई मात्र बचायो ? भन्ने प्रश्न उठाउनेहरुले उठाएका छन् । जसलाई सेनाले बचायो, ती नेताहरुले समेत सेनामाथि प्रश्न उठाएका छन् । सेनाले आन्तरिक बिद्रोह दबाउन हर्कतमा आएको भए कति धनजनको क्षति हुनेथियो भन्नेतिर राजनीतिक ध्यान गएको छैन । प्रष्ट कुरो के हो भने राजनीतिक द्वन्द्व हुन्जेल सेनाले हस्तक्षेप गरेन, जब आतङ्क फैलिन थाल्यो, त्यसपछि सेनाले स्थिति नियन्त्रणमा लिएको प्रष्ट छ । लोकतान्त्रिक गणतन्त्रलाई स्वार्थको साधन बनाउनेहरु अकर्मण्य थिए, सेना त्यस्तो चरित्रको थिएन, हुनसक्दैनथ्यो । यसकारण त सेनाले जेनजी पुस्तालाई सहजता र सहजकर्ता बनेर राजनीतिक धुमिलता हटाउन मद्दत ग¥यो ।
देश खतरामा थिएन, राजनीतिकर्मीले सम्हाल्नुपर्ने थियो । जब खतरा देख्यो, सेना सकृय भयो । नेपालको अस्तित्वको एउटा भरपर्दो आधार भनेको नेपाली सेना हो । सेनामाथि दोष थुपार्नेहरु प्रतिषोधकारी हुन् ।
जेनजी आन्दोलन आकष्मिक थियो, नयाँ थियो । नेपालमा जेनजीले पनि आन्दोलन गर्न सक्छन् भन्ने कसैले सोचेके थिएनन् । यहाँसम्म कि राज्यको सूचनामा समेत थिएन । अचम्म त के थियो भने आमदेश नेतृत्वमा जवाफदेहीता भएन, राजनीतिक अपराधीकरण बढ्यो भनिरहेका थिए, जेनजीले एक्कैपल्ट सुशासन र भ्रष्टाचारीमाथिको कारवाही मागेका थिए । यही मागका कारण नैतिकहीनहरुको हार भएको थियो । जेनजीलाई हराउने षडयन्त्र भयो र हिंसालाई आगो बनाइयो । जेनजी एकापसको सम्पर्कमा थिए, संगठित थिएनन् । यसैको लाभ लिएर स्थापित लुटतन्त्रबादीले जेनजीलाई राजनीतिक षडयन्त्रमा फसाइदिए । न जेनजी नेतृत्वमा पुगे, न नेतृत्व स्थापित थियो । यहीँनेर भूराजनीतिको भवरमा देश फस्यो । विश्वशक्तिको छुनुकमुनुक बढ्यो । नेपाल कूटनीतिक भूमरीमा समेत फस्न पुग्यो ।
यो दर्दनाक भीरबाट कसरी सकुसल राष्ट्र निस्केला ? यही सकस बढ्दो छ । यो सकसमा चाहिने राजनीतिक सुझबुझ, संवाद, सहमति र सहकार्य हो । तर लुटतन्त्रवादीहरु अझै परिवर्तनकारी जेनजी र राजनीतिक शक्तिहरुवीच सहकार्य गर्न तैयार देखिदैनन् । स्थितिलाई बिषम बनाउँदै छन् ।
नेपाल जटिल स्थितिमा छ । जेनजी आन्दोलन अर्गानिक आन्दोलन थियो । यसमा केही विदेशीतत्वले हिंसालाई घुलन गराएका हुनसक्छन् । तथापि समस्याको जरो र किलो नेपालमै छ, समाधान र निकासको मार्ग पनि नेपालमै देखिन्छ ।
चाहिएको छ, प्रत्येक नेपालीमा विवेक ।
नेपाली विवेकले १९७५ को भुटान बिघटनलाई मन्थन गर्नुपर्छ । १९५९ मा दलाई लामाको भारत प्रवाशलाई विश्लेषण गर्नुपर्छ । किनकि भुटानी भन्दैछन्, नेपाली वीर छन्, विवेकपूर्ण देश बचाउनु पर्छ । जेनजी आन्दोलनपछि सुशीला सरकार बन्यो र पहिलो शुभकामना भारतको धर्मशालामा रहेका दलाई लामाले पठाए । जुन भूराजनीति धमिल्याउने अर्को रहस्यपूर्ण घटना हो ।
चीन र दलाई लामावीच दलाई लामाको पुनर्जन्मको प्रश्न छ । दलाई लामाको बधाई तिब्बत मुद्दा ब्यूँताउने र नेपालबाट बिद्रोह उठाउने प्रश्नसँग पनि जोडिएको छ । नेपाल एक चीन नीतिमा छ र दलाई लामाको शुभकामनाले नेपाल चीन, भारत चीनवीच बिबाद बढाएको छ । चीन दलाई लामाको प्रभाव घटाउन लामो समयदेखि प्रयास गरिरहेको छ । पश्चिमा दलाई लामाको मुद्दा उठाएर चीनलाई कमजोर पार्न र भारत तथा चीनवीच विवाद बढाउने खोजिरहेको छ । स्मरणीय छ, खम्पा बिद्रोह (१९५९–१९७४), टिबेटन पोलिसी एक्ट (२००२), टिबेट पोलिसी एन्ड सपोर्ट एक्ट (२०२०) र रिजल्भ टिबेट एक्ट (२०२४) अमेरिकाको तिब्बत नीति र भारत–चीन हिमाली व्यवस्थाबीचको रणनीतिक मध्यस्थ भएर उभिनु नेपालका लागि कूटनीतिक चुनौति हो । यसै पनि नेपालमा बेला बेलामा फ्री तिब्बतको मुद्दा उठाउने र दलाई लामाको जन्मउत्सव मनाएर चीनविरोधी नारा उठाउने गरिएको समस्या विद्यमान छ ।
अफगानिस्तानबाट फर्केपछि विश्वशक्तिको मुकाम नेपाल हो । यो ओपन सेक्रेट विषय पनि हो । नेपाल चीन, भारत र अमेरिका त्रीशक्तिवीचको केन्द्रमा छ । हुन त यसमा रुस पनि सामेल छ । तथापि दलाई लामाको शुभकामनाले समस्याग्रस्त नेपालको कुटनीतिलाई पनि क्रोनिक बनाइदिएको छ ।
नेपाल कसैसँग लड्नसक्ने स्थितिमा छैन । एक आफैभित्र लड्नुछ, अर्को डिरेल भएको कूटनीतिलाई सम्हाल्नुछ ।
नेपालले यो चुनौती पार गर्नु भनेको १८१६ को सुगौली युद्धभन्दा कडा छ । जेनजी, राजनीतिक र कूटनीतिक चेत भएकाहरु सबै सतर्क रहौं ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports