दलाई लामाको सन्देशबाट उत्पन्न कूटनीतिक भूकम्प
वि.सं.२०८२ मंसिर २६ शुक्रवार १८:३२
shares

जेनजी आन्दोलन र बिद्रोह जुन रुपमा बिस्फोटक देखियो, त्योभन्दा ठूलो भूकम्प नेपालको परराष्ट्रनीति र भूराजनीतिमा गएको छ । जेनजी बिस्फोटनपछि सुशीला कार्की सरकार बन्यो, चुनावको सरगर्मी र संसद पुनस्र्थापनाको राजनीतिक तरङ्ग उर्लिरहेकै छ, तर सुशीला कार्कीको सरकार बन्नासाथ भारतमा निर्वासित तिब्बतका धर्मगुरु दलाई लामाको पहिलो शुभकामना सन्देशले नेपाल–भारत, नेपाल चीन सम्बन्धमा कूटनीतिक जोल्ट नै गएको छ । राजनीतिक परिवर्तनको दृश्य त देखियो, कूटनीतिक जोल्टको बिजुली चम्काइ भित्रभित्रै चट्याङ्को भयावहता अनुभूत हुनथालेको छ ।
नेपालले लियो रोजको स्ट्राटेजी फर सर्भाइभलको सिद्धान्तको कूटनीतिक अर्थ बिर्सदै गएको छ । उनले भनेका थिए– गुलाफ सुगन्धित हुनुपर्छ । राजनीतिले यो सिद्धान्त पनि भुलेको छ । नेपालसँग न राजनीति बाँकी छ, न कूटनीति । नेपाल रित्तिदै जंगलराजतिर उन्मुख छ । यसैले राष्ट्रवाद तरल छ, तरल राष्ट्रवाद पानी पोखिएजसरी पोखिएको छ । जुन उठाउन र जगर्ना गर्न मुस्किल छ ।
राजनीतिमा सालको जस्तो इच्छाशक्ति भएको नेता कोही छैनन् । कूटनीतिमा विश्वले सुन्नुपर्ने, बुझ्नुपर्ने व्यक्तित्व पनि देखिदैनन् । जो थिए, खोक्रिदै गएका छन्, बोक्रिदै गएका छन् । यसकारण त पञ्चायत खराव भनेर ल्याएको बहुदल कालारात्रि बन्यो । बहुदलभन्दा लोकतान्त्रिक गणतन्त्र भनेर गरेको परिवर्तन लूटतन्त्र, अपराधतन्त्र, नैतिकहीनतन्त्रका रुपमा बदनाम भयो ।
यही बदनामीको बिरुद्ध जेनजी पुस्ता सडकमा उर्लिएका थिए । स्थापित राजनीतिक, कूटनीतिक कूशासन, कूनीतिविरुद्ध सुशासनको झ्याली पिटेर जेनजीको उभार आएको थियो । जेनजी पुस्ताले देशका सर्वाङ्गमा न्यायको माग गरेका थिए । लोकतान्त्रिक गणतन्त्रका सबै अङ्ग प्रत्यङ्गहरु गल्न, ढल्न २७ घण्टा पनि लागेन । दुई तिहाईको सरकार हेलिकोप्टरमा भाग्यो, सांसदहरु दुलाभित्र पसे, प्रजातन्त्रको बिडा उठाएको कांग्रेसका सभापति दम्पत्ति कुटिए, एकजना पनि क्रान्तिकारी, समाजवादी, सर्वहारावादी नेताको अत्तोपत्तो भएन । ८ लाख, ११ लाख सकृय कार्यकर्ता भएका पार्टी देशैभरिका सहर बजारमा थिएनन्, एकजना पनि जेनजी पुस्ताको बिद्रोहका सामु उभिन सकेनन् ।
त्यसरी मरेको थियो लोकतान्त्रिक गणतन्त्र ।
जेनजी पुस्ताको गत भदौ २३–२४ मा भएको बिस्फोटन देशव्यापी निराशाको द्योतक थियो । पार्टीहरुको मनलागीतन्त्र, नेपोटिजम, नेपोबेबीइजमविरुद्धको आक्रोश थियो । जेनजी पुस्ता चक्रवर्ती रुपमा बिजयी भयो ।
तर, जेनजीले सत्ता हाँक्ने हैसियत देखाएनन् । जे भन्यो त्यही हुने स्थितिको लाभ उठाउन सकेनन् र आफ्नो काँधमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बोकेर सत्तामा पु¥याए । ३ महिना नाघिसक्यो, यो जेनजीको सरकार हो भन्न सकिन्न, जेनजी पुस्ताहरुमाथि यही सरकारले पक्राउ गर्दै जेल कोच्दै यातना दिइरहेको छ । यसपछि प्रश्न उठेको हो– ७६ जनाले किन ज्यान गुमाए ? हजारौं युवाले किन रगत बगाए ? आमाको काख रित्तियो, देशले के पायो ? परिवर्तन के भयो ?
संविधान उही छ, संसद ब्यूँताउने मुद्दा परेको छ । संघीयता ढलेको छैन, प्रदेशसभा ज्यूँदै छ । मरेको भनेको सबै व्यूँतने बmममा छन् । नेताहरु बौरिन थालेका छन् । आन्दोलन सफल भयो, जेनजी पुस्ताले जिते ।
समयक्रमले सावित गर्दैछ, जो जड बनेका थिए, चलायमान हुनथालेका छन् । जो अचेत थिए, चेतमा आउन थालेका छन् । चट्य्राङ प¥यो, गयो । आन्दोलन हा¥यो, जेनजी पुस्ता हारे ।
यस्तो आन्दोलन, बिद्रोह के बिद्रोह ? जसले कुनै कुरा परिवर्तन नै गर्न सक्दैन । व्यक्ति र राज्यका सम्पत्ति, सम्पदा खरानी पारियो, लुटतन्त्रलाई लोकतन्त्र भन्नेहरुले त्यही खरानी पनि बेचेर राजनीतिक नाफा कमाउन थालेका छन् ।
हो, सेनाले सहजकर्ताको भूमिका खेलेकै हो । १९४० तिर हैदरावादमा शान्ति कायम गर्न सफल नेपाली सेना, २०३२ तिर खम्पा बिद्रोह समन गर्न सफल नेपाल सेनाले किन नेतालाई मात्र बचायो ? भन्ने प्रश्न उठाउनेहरुले उठाएका छन् । जसलाई सेनाले बचायो, ती नेताहरुले समेत सेनामाथि प्रश्न उठाएका छन् । सेनाले आन्तरिक बिद्रोह दबाउन हर्कतमा आएको भए कति धनजनको क्षति हुनेथियो भन्नेतिर राजनीतिक ध्यान गएको छैन । प्रष्ट कुरो के हो भने राजनीतिक द्वन्द्व हुन्जेल सेनाले हस्तक्षेप गरेन, जब आतङ्क फैलिन थाल्यो, त्यसपछि सेनाले स्थिति नियन्त्रणमा लिएको प्रष्ट छ । लोकतान्त्रिक गणतन्त्रलाई स्वार्थको साधन बनाउनेहरु अकर्मण्य थिए, सेना त्यस्तो चरित्रको थिएन, हुनसक्दैनथ्यो । यसकारण त सेनाले जेनजी पुस्तालाई सहजता र सहजकर्ता बनेर राजनीतिक धुमिलता हटाउन मद्दत ग¥यो ।
देश खतरामा थिएन, राजनीतिकर्मीले सम्हाल्नुपर्ने थियो । जब खतरा देख्यो, सेना सकृय भयो । नेपालको अस्तित्वको एउटा भरपर्दो आधार भनेको नेपाली सेना हो । सेनामाथि दोष थुपार्नेहरु प्रतिषोधकारी हुन् ।
जेनजी आन्दोलन आकष्मिक थियो, नयाँ थियो । नेपालमा जेनजीले पनि आन्दोलन गर्न सक्छन् भन्ने कसैले सोचेके थिएनन् । यहाँसम्म कि राज्यको सूचनामा समेत थिएन । अचम्म त के थियो भने आमदेश नेतृत्वमा जवाफदेहीता भएन, राजनीतिक अपराधीकरण बढ्यो भनिरहेका थिए, जेनजीले एक्कैपल्ट सुशासन र भ्रष्टाचारीमाथिको कारवाही मागेका थिए । यही मागका कारण नैतिकहीनहरुको हार भएको थियो । जेनजीलाई हराउने षडयन्त्र भयो र हिंसालाई आगो बनाइयो । जेनजी एकापसको सम्पर्कमा थिए, संगठित थिएनन् । यसैको लाभ लिएर स्थापित लुटतन्त्रबादीले जेनजीलाई राजनीतिक षडयन्त्रमा फसाइदिए । न जेनजी नेतृत्वमा पुगे, न नेतृत्व स्थापित थियो । यहीँनेर भूराजनीतिको भवरमा देश फस्यो । विश्वशक्तिको छुनुकमुनुक बढ्यो । नेपाल कूटनीतिक भूमरीमा समेत फस्न पुग्यो ।
यो दर्दनाक भीरबाट कसरी सकुसल राष्ट्र निस्केला ? यही सकस बढ्दो छ । यो सकसमा चाहिने राजनीतिक सुझबुझ, संवाद, सहमति र सहकार्य हो । तर लुटतन्त्रवादीहरु अझै परिवर्तनकारी जेनजी र राजनीतिक शक्तिहरुवीच सहकार्य गर्न तैयार देखिदैनन् । स्थितिलाई बिषम बनाउँदै छन् ।
नेपाल जटिल स्थितिमा छ । जेनजी आन्दोलन अर्गानिक आन्दोलन थियो । यसमा केही विदेशीतत्वले हिंसालाई घुलन गराएका हुनसक्छन् । तथापि समस्याको जरो र किलो नेपालमै छ, समाधान र निकासको मार्ग पनि नेपालमै देखिन्छ ।
चाहिएको छ, प्रत्येक नेपालीमा विवेक ।
नेपाली विवेकले १९७५ को भुटान बिघटनलाई मन्थन गर्नुपर्छ । १९५९ मा दलाई लामाको भारत प्रवाशलाई विश्लेषण गर्नुपर्छ । किनकि भुटानी भन्दैछन्, नेपाली वीर छन्, विवेकपूर्ण देश बचाउनु पर्छ । जेनजी आन्दोलनपछि सुशीला सरकार बन्यो र पहिलो शुभकामना भारतको धर्मशालामा रहेका दलाई लामाले पठाए । जुन भूराजनीति धमिल्याउने अर्को रहस्यपूर्ण घटना हो ।
चीन र दलाई लामावीच दलाई लामाको पुनर्जन्मको प्रश्न छ । दलाई लामाको बधाई तिब्बत मुद्दा ब्यूँताउने र नेपालबाट बिद्रोह उठाउने प्रश्नसँग पनि जोडिएको छ । नेपाल एक चीन नीतिमा छ र दलाई लामाको शुभकामनाले नेपाल चीन, भारत चीनवीच बिबाद बढाएको छ । चीन दलाई लामाको प्रभाव घटाउन लामो समयदेखि प्रयास गरिरहेको छ । पश्चिमा दलाई लामाको मुद्दा उठाएर चीनलाई कमजोर पार्न र भारत तथा चीनवीच विवाद बढाउने खोजिरहेको छ । स्मरणीय छ, खम्पा बिद्रोह (१९५९–१९७४), टिबेटन पोलिसी एक्ट (२००२), टिबेट पोलिसी एन्ड सपोर्ट एक्ट (२०२०) र रिजल्भ टिबेट एक्ट (२०२४) अमेरिकाको तिब्बत नीति र भारत–चीन हिमाली व्यवस्थाबीचको रणनीतिक मध्यस्थ भएर उभिनु नेपालका लागि कूटनीतिक चुनौति हो । यसै पनि नेपालमा बेला बेलामा फ्री तिब्बतको मुद्दा उठाउने र दलाई लामाको जन्मउत्सव मनाएर चीनविरोधी नारा उठाउने गरिएको समस्या विद्यमान छ ।
अफगानिस्तानबाट फर्केपछि विश्वशक्तिको मुकाम नेपाल हो । यो ओपन सेक्रेट विषय पनि हो । नेपाल चीन, भारत र अमेरिका त्रीशक्तिवीचको केन्द्रमा छ । हुन त यसमा रुस पनि सामेल छ । तथापि दलाई लामाको शुभकामनाले समस्याग्रस्त नेपालको कुटनीतिलाई पनि क्रोनिक बनाइदिएको छ ।
नेपाल कसैसँग लड्नसक्ने स्थितिमा छैन । एक आफैभित्र लड्नुछ, अर्को डिरेल भएको कूटनीतिलाई सम्हाल्नुछ ।
नेपालले यो चुनौती पार गर्नु भनेको १८१६ को सुगौली युद्धभन्दा कडा छ । जेनजी, राजनीतिक र कूटनीतिक चेत भएकाहरु सबै सतर्क रहौं ।
































