राजेन्द्र गौतमले फिर्ता लिए उपमहासचिव पदको उम्मेदवारी
वि.सं.२०८२ पुस १ मंगलवार ११:४६
shares

काठमाडौं । नेकपा (एमाले)का नेता राजेन्द्र गौतमले पार्टीको उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
गौतमले सामाजिक सञ्जालमा लेख्दै आफूले उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको र केन्द्रीय सदस्यमा भने उम्मेदवारी कायम रहेको जानकारी गराएका हुन् ।नेता गौतमले अध्यक्षमा केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन अपिल समेत गरेका छन् ।
“राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता ,जनसर्मथनप्रति रेड स्यालुट गर्दै, केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दछु ।” गौतमले फेसबुकमा लेखेका छन्, “पार्टीको नेतृत्वको सुझाव, र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुल्ला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु, धन्यवाद ।”
































