जेठ ४ मै स्थानीय तहको चुनाव हुनु पदॅछ : अध्यक्ष ओली
वि.सं.२०७८ माघ १९ बुधवार १५:३२
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।







































