सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काग्रेसले सरकारका कामको समिक्षा गर्ने

429
shares

नेपाली कांग्रेसले सरकारका कामको समीक्षा गर्ने भएको छ।पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारका कामको समीक्षा हुने महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।न्युज एजेन्सी नेपालसँग बुधबार कुराकानी गर्दै शर्माले अब बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारका कामको समीक्षा गर्दै दिशानिर्देशन गरिने बताएका छन्।
सरकारका कामलाई अझै सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने पनि उनको भनाइ छ।‘कार्यसम्पादन समितिले सरकारलाई कामको गति बढाउन भन्छ,’ उनले भने, ‘सरकारका कामको समीक्षा पनि हुन्छ।’जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउने महामन्त्री शर्मा बताउँछन्।

कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने शर्माले बताए।त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभाग बनाउने दिर्शातर्फ अघि बढ्ने शर्माले जानकारी दिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports