एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन : अध्यक्ष ओली
वि.सं.२०८२ पुस ४ शुक्रवार १५:२३
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो पार्टीभित्र बस्न अनुशासन प्रमुख रहेको बताएका छन् । ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मतपरिणामलाई स्वीकार गरेर पार्टी अघि बढेको बताएका हुन् ।
‘पार्टीमा आँच आउने कुनै पनि काम नहुन् । हामी सुदृढ अनुशासनमा बस्छौँ । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो।
अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन,’ उनले भने, ‘राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइन । यस्तो पार्टीमा दृढ विश्वास चाहिन्छ । हाम्रो पार्टी लोकतान्त्रिक हो ।’






































