राष्ट्रपति , प्रधानमन्त्री र तिन दलका शीर्ष नेताहरूबीच बैठक शीतल निवासमा जारी
वि.सं.२०८२ पुस ८ मंगलवार १६:५२
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा विघटित प्रतिनिधिसभाका तीन ठूला दलका नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठक सुरु भएको छ ।
राष्ट्रपतिको सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री कार्कीसँग राष्ट्रपति पौडेलले छलफल सुरु भएको जनाएको छ ।
दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवास बोलाइएको छलफल केही बेर ढिला गरी सुरु भएको हो ।फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको जनाइएको छ ।
कांग्रेस र एमालेका बहुमत निवर्तमान संसद प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट लिएर गएको बेलामा प्रधानमन्त्रीसहित ती दलका शीर्ष नेतालाई राष्ट्रपतिले एक ठाउँमा राखेर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।






































