तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजावादी नेता तथा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

1.63K
shares

विराटनगर । राजावादी नेता तथा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर महानगरपालिका ९ स्थित निवासमा मंगलबार उनको निधन भएको हो ।

मण्डल नेपाल सद्भावना पार्टी नेपालका पूर्वकार्यवाहक अध्यक्ष हुन् । राजावादी नेता मण्डल दुई पूर्वराजा वीरेन्द्रविरविक्रम शाह र उनका भाइ ज्ञानेन्द्रलाई रिझाएर पटक पटक राजकीय जिम्मेवारीमा पुगेका थिए ।२०६१ सालमा ज्ञानेन्द्र शाहले आफ्नो नेतृत्वमा बनाएको मन्त्रीमण्डल उनी तेस्रो वरियतासहित कृषि मन्त्री बनेका थिए । गणतन्त्र स्थापनापछि लामो समय निस्कृय रहेका उनी पुन सद्भावना पार्टीको राजनीतिमा फर्किएका थिए ।

तत्कालीन मोरङ जिल्ला सभापति रहेका मण्डल २०३८ सालमा तत्कालीन राजपरिवारसँग नजिक बनेर अर्थ सहायक मन्त्री बनेका थिए । २०४३ सालमा उनी कानुन तथा न्याय पनि बनेका थिए ।‘उहाँ मोरङबाट सक्रिय पुरानो नेता हुनुहुन्थ्यो, मेरो बुबाको २०३२–३३ सालमा बनेको नागरिकतामा उहाँको हस्ताक्षर छ,’ जसपा नेता जयराम यादव भन्छन्, ‘पञ्चायतकालमा उहाँ पटकपटक मन्त्री बन्नु भएको थियो ।’८८ वर्षीय मण्डल मण्डलले २०५६ सालको निर्वाचनमा तत्कालिन मोरङ क्षेत्र नम्बर ५ बाट कांग्रेस नेतृ शैलेजा आचार्यलाई पराजति गरेका थिए ।

राजावादी नेता बल्लभप्रसाद दाहाल मण्डल दुई राजाले नै विश्वास गरेको नेता भएको बताउँछन् । उहाँ एउटा इतिहास बनाएर जानु भयो,’ उनले भने, ‘दुई राजाका पालामा मन्त्री बन्नुभयो, ज्ञानेन्द्रले उहाँलाई उपप्रधानमन्त्री पनि बनाउनु भयो ।’मण्डल मधेशी समुदायबाट गृहमन्त्री र उपप्रधानमन्त्री बन्ने पहिलो व्यक्ति भएको उनी बताउँछन् ।

उनका अनुसार विराटनगरमा मण्डलको प्रभाव रहेका बेला गिरीजाप्रसाद कोइरालाले कांग्रेसमा प्रवेश गराउन खोजेका थिए । तर उनी मानेनन् । ‘२०४६ सालको परिवर्तनपछि गिरीजाप्रसाद कोइरालाले घर (कोइराला निवास) बोलाउँदा उहाँ जानुभएन्,’ उनले भने, ‘बद्री बस्नेतको घरमा भेट हुँदा कांग्रेसमा आउनु भन्ने प्रस्ताव अस्वीकार गर्नुभयो ।’

कुनै समय पूर्वी नेपालका मण्डल प्रभावशाली नेता थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी विस्तारै कमजोर हुँदै गए ।२०६१ सालमा पुन राजकिय जिम्मेवारीमा पुगेका थिए । गणतन्त्र स्थापनापछि उनी ओझेलमा परे । तर उनी पून गजेन्द्र नारायण सिंहले स्थापना गरेको सद्भावना पार्टीको राजनीतिमा आए । सदभावना पार्टी हुँदै उनी जीवनको उतरार्धमा राजवादी नै बनेका थिए ।मण्डलको दुई श्रीमती, ४ छोरा र ३ छोरी छन् । ४ भाइ छोरामा एक जनाको यसअघि नै मृत्यु भइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports