तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको निधन

1.78K
shares

विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको निधन भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको निधनभएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् ।

विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका छन् । कोशी प्रदेशबाट उनले अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports