प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताको बैठक बोलाइन्
वि.सं.२०८२ पुस ११ शुक्रवार १४:४०
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छिन् ।
कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई बैठकमा बोलाएकी हुन् । बैठक शनिबार बस्नेछ ।
बैठकमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा छलफल हुने बताइएको छ ।






































