सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाए

1.12K
shares

काठमाडौँ । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । तर, ४:३० बजेसम्म ९ वटा दलले मात्रै बन्द सूची बुझाएको आयोगले जनाएको छ ।

केही दलले भने निस्सा लिइसकेको तर बन्दसूची भने बुजाउन बाँकी राखेका छन् ।

अहिलेसम्म आयोगमा बन्दसूची बुझाउने दल

नेपाल मजदूर किसानपार्टी- ११० उम्मेदवार
नेपाल लोकतान्त्रिक पार्टी- १२ जना
राष्ट्रिय जनमोर्चा- ११० जना
यी तीन दलले भने आइतबार नै सूची बुझाएका हुन् ।

आज बन्दसूची बुझाउने दल

जनप्रिय लोकतान्त्रिक पार्टी- १२
नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)- २०
गतिशील लोकतान्त्रिक पार्टी- ११
जनता समाजवादी पार्टी, नेपाल- १०१
समावेशी समाजवादी पार्टी- ३१
समावेशी समाजवादी पार्टी, नेपाल- १२

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports