कुलमान विरुद्ध आवाज उठ्यो, लावतीले दिए चेतावनी
वि.सं.२०८२ पुस १६ बुधवार १२:५६
shares

काठमाडौ । आउँदो फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ६४ वा राजनीतिक दलले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका छन् । २०७४ मा ४७ र २०७९ मा ४९ वटा दलले भाग लिएका थिए । यस पटक केही नयाँ राजनीतिक दलहरुले समेत निर्वाचन भाग लिएका हुनाले फागुनमा हुने भनिएको निर्वाचनले कस्तो परिणाम देला भन्ने चर्चा सुरु भएको छ ।
पुराना भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एममाले र हालै पार्टीको नाम परिवर्तन गरी केही राजनीतिक दलहरुलाई आफ्ना नेतृत्वको दलमा एकीकृत गरेर पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टी बनाएका छन् । उनको नेतृत्वको पार्टीमा माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टी समाहित भएको छ भने अन्य केही स साना दलहरु समेत नेपाली कम्युनिष्ट पार्टीमा रहेका भएपनि उनीहरुको खासै प्रभाव देखिँदैन ।
आउँदो निर्वाचनमा खास गरेर नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा र नेपाली कम्युनिष्ट पार्टीबीचमै प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । रास्वपाले काठमाडौका मेयर बालेन साह र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टीलाई आफ्नो पार्टीमा समाहित गरेको हुनाले रास्वपा हौसिएको छ । तर उज्यालो पार्टीमै रहेका केही व्यक्तिहरुले कुलमान घिसिङले एकलौटी गरेको भन्दै समानुपातिक सूचीमा राखिएका व्यक्तिहरुले आफ्नो नाम हटाउन दवाव दिएका छन् ।
डा. महेन्द्र लावतीले आफ्नो नाम हटाउन दवाव दिइरहेका छन् भने रास्वपाले केही कलाकार केही अभिनेता अभिनेतृ र केही उद्योगपति र व्यापारीहरुलाई समेत समानुपातिकमा राखेर निर्वाचनमा होमिएको छ । रास्वपाका सभापति रवि लामिछाने नै हुने अनि वरिष्ठ उपसभापति कुलमान घिसिङ हुने र तेस्रो दर्जामा काठमाडौमा मेयर बालेन साह रहने सहमति भएपछि त्यसै अनुसारको समानुपातिक लिष्ट निर्वाचन आयोगमा बुझाएकोमा उज्यालो नेपालका नेताहरुले असहमति जनाएका हुन् । उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ हुन् ।
भाद्र २३ र २४ गते भएको विरोध प्रदर्शनमा सहभागि भएका धेरै व्यक्तिहरुलाई समानुपातिक सिटमा नाम सिफारिस गरिएको छ । त्यसक्रममा बालेन, कुलमान र रास्वपाले आ आफ्नो तर्फबाट नाम सिफारिस गरेका हुनाले भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शनलाई हाइज्याक गरेर २४ गते घटना घटाउने व्यक्तिहरु नै रास्वपामा लागेको प्रष्ट रुपमै देखिएकाले भाद्र २४ गतेको विध्वसंकारी घटना कसले घटाएको रहेछ भनेर प्रष्ट हुँदै गएको छ । भाद्र २३ र २४ गते जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएको भने सुदन गुरुङले नै बालेन र घिसिङलाई रास्वपामा पु¥याएको हुनाले उनीहरु को रहेछन् भन्ने प्रष्ट हुन्छ ।




































