कांग्रेसको पार्टीको १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव
वि.सं.२०८२ पुस १८ शुक्रवार १७:५२
shares

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा नयाँ कार्यतालिका पेस गरेका हुन् ।चैत्र २१ गते वडा अधिवेशन सुरु गरेर वैशाख २८, २९, ३० र ३१ काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।




































