काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिए
वि.सं.२०८२ माघ २ शुक्रवार १४:४६
shares

काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।
































