सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो भोली सचिवालय बैठक

962
shares

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले)ले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोलि माघ ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले भोलि ३ गते उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो ।एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ । शाहीका अनुसार दुर्गमा भेकमा रहेका उम्मेदवारहरुलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले भोलि सचिवालय बैठक बसेर उम्मेदवारी टुंग्याउन लागेको हो । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports