स्याङ्जा १ मा रास्वपाबाट नेपाल पर्यटन बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मी उम्मेदवार
वि.सं.२०८२ माघ ५ सोमवार ११:५०
shares

पोखरा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मीलाई उम्मेदवार बनाउने भएको छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार राति रेग्मीलाई पार्टीको तर्फबाट टिकट हस्तान्तरण गरेका हुन् ।
केही समयअघि मात्र पार्टी प्रवेश गरेका रेग्मीलाई टिकट दिने विषयमा सुरुमा केही आशङ्का गरिए पनि उनले पछिल्लो केही महिनायता निरन्तर घरदैलो र मतदाता भेटघाट अभियान चलाउँदै आएका थिए ।
यसअघि नेपाली कांग्रेसका राजु थापा र त्यसपूर्व नेकपा एमालेका नारायण मरासिनी निर्वाचित भएको यस क्षेत्रलाई रास्वपाले आफ्नो ग्रिन जोन (जित सुनिश्चित भएको क्षेत्र) का रूपमा दाबी गरेको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा भने उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ ।



































