सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका ६७ जना डीएसपीको सरुवा

858
shares

काठमाडौँ । नेपाल प्रहरीका ६७ जना डीएसपीको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले आइतबार राति डीएसपी सरुवाको निर्णय गरेका हुन् । काठमाडौँ उपत्यकाको ६ वटा वृत्तका इन्चार्ज फेरिएका छन् ।

प्रहरी वृत्त महाराजगन्जमा नवराज पोखरेल, वृत्त लैनचौरमा पुरुषोत्तम खड्का, बालाजुमा यमलाल बञ्जाडे, नयाँ बानेश्वरमा राजकुमार सिंह र चापागाउँमा शिला थापालाई सरुवा गरिएको छ । प्रहरी वृत्त जनसेवामा चन्द्रबहादुर थापालाई पठाइएको छ ।जिल्ला प्रहरी कार्यालय रसुवामा अशोक थापालाई पठाइएको छ । लमजुङमा जितेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय सिमरामा दिलीप क्षेत्री, इलाका प्रहरी कार्यालय बुटवलमा निशान्त श्रीवास्तव, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निशेष चापागाईं र पश्चिम रुकुममा बेदबहादुर पौडेललाई सरुवा गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा वीरेन्द्र गोदार, दोलखामा मनोजकुमार लामा र तेह्रथुममा लक्ष्मण ओलीलाई सरुवा गरिएको छ । केन्द्रीय कारागारस्थित नेपाल प्रहरी अनाश्रित गुल्ममा शैलेश न्यौपाने र इलाका प्रहरी कार्यालय गजुरीमा सुरज कार्कीलाई सरुवा गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports