तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति रवि लामिछानेको आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी

1.16K
shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने जिकिर गरे ।‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले भने ।

आफू प्रत्येक दिन मेरो टाउकोमा लागेको मुद्दाका कारण कुनै न कुनै अदालतमा जानपरेको भन्दै गुनासो गरे । ‘प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाका कारण कुनै न कुनै अदालतमा उपस्थित हुनुपर्छ । मलाई प्रवाह छैन, जनताको मुद्दा बोकेर हिँडेको मान्छे त्यस्ता मुद्दा लड्दै गरौंला । जित्दै गरौंला । हारे हारिन्छ जिते जितिन्छ,’ लामिछानेले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports