तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा पाकिस्तानी खाना फेस्टीबल हुने

936
shares

काठमाडौंमा ‘पाकिस्तान फुड फेस्टिभल’ हुने भएको छ । नेपालीलाई पाकिस्तानी खानाको स्वाद चखाउन काठमाडौंस्थित पाकिस्तानी दूतावासको सहकार्यमा सो फेस्टिभल हुन लागेको हो ।

फेस्टिभल यही माघ २२ गतेदेखि हुँदैछ । तीन दिनसम्म चल्ने फेस्टिभल ठमेलस्थित अलफ्ट होटलमा आयोजना हुनेछ । यसको आयोजक इलेभेन इलेभेन र पर्ल कन्टिनेन्टल होटल्स एण्ड रिसोर्ट्स क्युलिनरी हुन् ।

आयोजकका अनुसार फेस्टिभलमा पाकिस्तानका चर्चित र परम्परागत परिकारहरु प्रस्तुत गरिनेछ । बिरयानी, कबाब, कराही, नान, हलीम, टिक्का, मिठाईलगायत विभिन्न पाकिस्तानी स्वादिष्ट परिकार फेस्टिभलमा चाख्न पाइनेछ ।

फेस्टिभलमा सहभागी हुन प्रतिव्यक्ति साढे तीन हजार रपैयाँ शुल्क तोकिएको छ । यो फेस्टिभलले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक तथा कुटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports