तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दिउँसो ३ बजेसम्म देशभर १ हजार २१४ जनाको उम्मेदवारी दर्ता

819
shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको क्रम जारी छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १ हजार २१४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी परेकामध्ये ६५९ जनाको रुजु भएको छ भने ५५५ जनाको रुजु हुन बाँकी छ । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । उम्मेदवारको नाम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा आवश्यक हुनेछ ।यदि उम्मेदवार सरकार वा सरकारी स्वामित्वको संस्थामा बहाल छन् भने, सो पदबाट राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ । प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गर्ने भए, प्रतिनिधि तोकेको फारम अनिवार्य छ ।

प्रचलित कानुन अनुसार योग्यता पुगेको उम्मेदवारले मनोनयन दर्ता गर्दा सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षर सहितको मनोनयन पत्र पेस गर्नुपर्नेछ ।दलको तर्फबाट उम्मेदवारी दिएको भए, दलको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको औपचारिक मनोनयन पत्र अनिवार्य हुन्छ र र संयुक्त दलको हकमा छुट्टै ढाँचाको पत्र आवश्यक हुनेछ ।

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ । तर महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट हुनेछ । आर्थिक रूपमा विपन्नको हकमा सम्बन्धित स्थानीय तहले दिएको सिफारिस पत्र आवश्यक हुन्छ ।उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको स्वघोषणा पत्र पेस गर्नुपर्नेछ । उम्मेदवारले आफ्नो चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र र ऋण/उधारो समेतको सम्पूर्ण विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ ।

उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको वैयक्तिक विवरण फाराम अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports