तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं १ मा प्रकाशमान सिंहले टिकट पाएनन, प्रबल थापाले मारे बाजि

923
shares

काठमाडौं क्षेत्र नम्बर १ मा पछिल्ला चुनावहरूमा नेपाली कांग्रेसबाट उम्मेदवार हुँदै जित्दै आएका थिए- प्रकाशमान सिंह।

सिंह र बाबुराम आचार्यको नाम उम्मेदवारमा सिफारिसमा परेको थियो।सिंहले २०६४, २०७०, २०७४ र २०७९ गरी ४ वटा चुनाव जितेका थिए। गएको भदौमा भएको जेनजी आन्दोलनका बेला सिंह उपप्रधान तथा सहरी विकास मन्त्री थिए। त्यो आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तन गरेर जानुपर्ने बहस चुलियो। सिंह भने नियमित महाधिवेशनका पक्षमा थिए। आमचुनाव अघि महाधिवेशन गर्न हुँदैन भन्ने मत सिंहको थियो।

तर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बोलाएको विशेष महाधिवेशनबाट हालै कांग्रेसको नेतृत्व परिवर्तन भएको थियो। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आए पनि काठमाडौं १ मा टिकट पाउने आशा प्रकाशमान सिंहलाई रहेको निकटहरू बताउँछन्।तर सिंहले यसपालि टिकट पाएनन्। उनको सट्टा टिकट पाए प्रबल थापाले।सिंहलाई नदिएर कांग्रेसले काठमाडौं १ मा टिकट दिएका प्रबल थापा को हुन् भन्ने चासो छ।

प्रबल थापा पार्टीमा महाधिवेशन तथा महासमिति सदस्य छन्। साथै प्रदेश सभा क्षेत्रीय कार्यसमिति सचिव पनि छन्।उनको परिवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राजावादीहरू निकट धेरै छन्। राप्रपाका पूर्व अध्यक्ष कमल थापाका आफ्नै भान्जा हुन् प्रवल। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका ज्वाइँ हुन्। परिवार पुरै राप्रपा र राजावादी हुँदा पनि प्रवल सानैदेखि कांग्रेसको राजनीतिमा चासो राख्थे। उनका बुवा भने कांग्रेसका कार्यकर्ता थिए। तर प्रवल सानै हुँदा उनको मृत्यु भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports