तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय जाने

741
shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । महामन्त्री प्रदीप पौडेलले भोलि (शुक्रबार) पार्टी कार्यालय जाने जानकारी दिए । ‘भोलि दिउँसो १ बजे सानेपा जाँदैछौँ,’ उनले भने ।

पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे ।थापन नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन । प्रवक्ता देवराज चालिसे भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौँ ।’उनका अनुसार धेरै नेताहरू काठमाडौं बाहिर भएकोले काठमाडौँमा उपलब्धहरू मात्रै भोलिको बैठकमा सहभागी हुनेछन् ।

पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्नेछ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अन्य दलले पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर होमिएका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।कांग्रेसमा गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि शेरबहादुर देउवासहितले असहमति जनाएका थिए । निवर्तमान सभापति देउवा समूहका नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गरेको बताए पनि सभापति गगन थापाकै हस्ताक्षर भएको टिकट लिएर धमाधम उम्मेदवारी दिएका छन् ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन माग गर्दै सर्वोच्चमा रिटसमेत दायर गरेको छ । सर्वोच्चले उनीहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।विशेष महाधिवेशनबाट गगन थापासहितको कार्यसमिति निर्वाचित भएपछि देउवा समूहका केही केन्द्रीय सदस्य तथा तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा अरुलाई प्रवेश नदिने भन्दै त्यहीँ बसेका थिए ।अहिले भने उनीहरूले केन्द्रीय कार्यालय छोडेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports