तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचनमा कस्तो होला समीकरण

611
shares

काठमाडौँ । आउँदो जेष्ठ महिनामा स्थानीय तहको निर्वाचन हुने भएपछि अहिले देखी नै कस्तो होला दलहरुको स्थानीय तहको चुनावमा समीकरण भन्नेले चर्चा पाउन थालेको छ । अहिले सत्ता गठवन्धनमा रहेका दलहरु समीकरण नै बनाएर निर्वाचनमा जाने कि एक्लाएक्लै प्रतिस्पर्धामा जाने भन्नेमा बहस सुरु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचन नेपाली काग्रेस र माओवादी केन्द्र वीचमा आंशिक समीकरण भएको थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा गएको थियो । नेकपा एमालेले एक्लै निर्वाचनमा गएपनि ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ९७ स्थानमा निर्वाचित भएको थियो भने नेपाली काग्रेस २ सय ७४ स्थानमा जितेको थियो । त्यसैगरी माओवादी केन्द्रले १ सय ६ र अन्यले ७६ स्थानमा जित हासिल गरेका थिए ।

अहिले नेकपा एमाले र माओवादी केन्द्र विभाजित भएको अवस्थामा रहेका छन् । नेकपा एमालेवाट विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी वनेको छ । माओवादी केन्द्रको एउटा समूह नेकपा एमालेमा समाहित भएको छ । नेकपा एमालेवाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा नेकपा एमालेका धेरै नेता तथा कार्यकर्ताहरु नगएको र माओवादी केन्द्रवाट एमालेमा प्रवेश गरेकाहरुको संख्या हेर्दा उस्ता उस्तै रहेकाले गर्दा नेकपा एमाले नैै तल्लो तहसम्म वलियो अवस्थामा रहेको देखिएको छ । हालै विभिन्न निकायले गरेको प्रक्षेपणमा समेत नेकपा एमाले नै अग्र स्थानमा आउन सक्ने सम्भावना देखिएको छ । त्यही कारणले गर्दा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अहिलेको गठवन्धन गठवन्धनलाई कायम राखेरै तिनै तहको निर्वाचनमा जानु पर्दछ भनिरहेका हुन् ।

 

एक्ला एक्लै निर्वाचनमा गएको खण्डमा नेकपा एमालेले नै धेरै स्थानीय तहमा जित हासिल गर्न सक्ने सम्भावनाउनीहरुको ठहर रहेको छ ।
नेपाली काग्रेसभीत्र भने स्थानीय तह र ससदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धामा जानुपर्ने दवाव नेतृत्वलाई परिरहेको छ । सभापति देउवा नखुलेपनि काग्रेसका नेताहरु एक्लै निर्वाचनमा जानुपर्ने वताईरहेका हुनाले सभापति देउवालाई समेत दवाव परेको छ । काग्रेसका नेताहरुका अनुसार कम्युनिष्ठहरु विभाजित भएको कारणले गर्दा स्थानीय तहको निर्वाचन हुदै ससदीय निर्वाचनमा समेत काग्रेसको जित निश्चित भएकाले गर्दा अहिलेको सत्ता गठवन्धनलाई सत्ता सञ्चालनमा सिमित राखेर निर्वाचनमा जानु पर्ने उनीहरुले वताईरहेका हुनाले गठवन्धनभीत्र संकट देखिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports