सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनमा आचारसंहिता अनुगमनका लागि तोकिए अनुगमन अधिकृत

1.33K
shares

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।

प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ। निर्वाचनलार्य स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रुपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ। आचारसंहिता, यही माघ ४ गतेदेखि लागू भएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports