तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति

819
shares

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ । यसमध्ये ६ अर्ब ३६ करोड निकासा भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार २१ फागुनमा निर्धारित निर्वाचनका लागि निर्वाचन आयोगलाई मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोडको स्रोत सहमति दिइएको थियो ।

२० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार स्रोत सहमति दिइएको अर्थको तथ्यांक छ । यस अनुसार कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार बराबरको स्रोत सहमति निर्वाचन आयोगलाई दिइएको छ । निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ बराबर निकासा दिइएको थियो । अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड निकासा दिइसकिएको आयोगको तथ्यांकमा उल्लेख छ ।

निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायलाई समेत ठूलो बजेट स्रोत सहमति दिइएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि अर्थले १३ कात्तिकमा २ करोड ८० लाखको स्रोत सहमति अर्थले दिएको थियो । नेपाली सेनालाई उपकरण खरिदमा २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति प्रदान गरिएको थियो ।

गृह मन्त्रालय र मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबर स्रोत सहमति दिइएक अर्थले जनाएको छ । नेपाली सेनालाई २० पुसमा १ अर्ब ९४ करोड बराबरको स्रोत सहमति दिइएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports