सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाद्धारा नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीलाई सम्मान

429
shares

काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाईआज सम्मान गरेको छ ।

प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफ बीमामा उप-विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मुधुसुदन उपाध्याय उपस्थित थिए ।‘आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई मधुसुधन उपाध्यायसंगै भेट्न पाउँदा सम्मान पाएको छु ।’ सम्मानित भएपछि अलमुताइरीले सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गरेका छन् ।

यस्तै अलमुताइरीले आजै सरकारबाट पुरस्कार प्रपात गरेका सेन्ट्रल जोन विजेता महिला टोलीसँग पनि सेल्फी खिचाउँदै फोटो पोष्ट गरेका छन् ।अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । गत अक्टोबरमा माल्दिभ्समा भएको साफमा नेपाल फाइनल पुग्दै इतिहास रचेको थियो । तर फाइनलमा भने भारतसंग पराजित भयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports