सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बङ्गलादेशमा नयाँ सरकार र संविधान संशोधनका लागि मतदान जारी

1.29K
shares

काठमाडौँ । २ वर्षअघिको सडक आन्दोलनबाट शेख हसिनाको निर्वाचित सत्ता विस्थापित भएपछि पहिलोपटक बंगलादेशमा आज नयाँ सरकारका लागि निर्वाचन भइरहेको छ ।

बंगलादेशका १२ करोडभन्दा बढी मतदाता सहभागी मतदान साढे ४ बजेसम्म चल्नेछ । हसिना अहिले भारतमा निर्वासित छन् भने उनको पार्टी अवामी लीगमाथि प्रतिबन्ध लगाएर चुनावमा भाग लिन दिइएको छैन ।२ वर्षअघिको आन्दोलनमा १ हजार ४ सय भन्दा बढी प्रदर्शनकारी मारिएपछि शेख हसिनाको सत्तापलट भएको थियो ।

त्यहाँको एक अदालतले हसिनालाई फासीको सजाय सुनाएको छ । यो चुनावमा स्वर्गीय बेगम खालिदाको बिएनपी र जमात ए इस्लामीबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।आजै नयाँ सरकारको लागि मात्र नभएर संविधानमा संशोधनका लागि जनमत संग्रह पनि भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports