प्रितयतावाद र देवत्वकरण मुलुककै लागि अभिशाप
वि.सं.२०८२ फागुन ७ बिहीवार ११:४४
shares

फागुन २१ गते नजिकिँदै छ । राजनीतिक दलहरु आ आफ्नो राजनीतिक कार्यक्रम लिएर जनतामा पुग्न थालेका छन् । तरपनि अहिले पनि जनताले गत भाद्र २३ गते जेनजीहरुको विरोध प्रदर्शनमा भएको दमन र भाद २४ गते मुलुकभर मै भएको विध्वसात्मक कार्य कसले गरिएको थियो भनेर प्रश्न सोधिरहेका छन् । तर राजनीतिक दलहरुले आ आफ्नो पार्टीगत स्वार्थका लागि एकले अर्कोलाई प्रत्यक्ष अप्रत्यक्ष आरोप प्रत्यारोप लगाउँदै आएका छन् । भाद्र २३ गतेको विरोध प्रर्दनमा विद्यार्थी भाई बहिनीहरुलाई अघि सारेर आफ्नो स्वार्थ पुरा गर्नेहरु तत्कालीन काठमाडौ महानगरका मेयर बालेन साह सहितका भाद्र २४ गते सिहंदरबार जलाउँदै नाँचगान गर्नेहरु सबै अहिले रास्वपाका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका हुनाले भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्यमा बालेन साह र रास्वपा नै सक्रिय रुपमा लागेको थियो भन्ने प्रष्ट हुँदै गएको छ । भाद्र २४ गते सिंहदरबारमा आगजनी गरेपछि रास्वपाकी नेता एवं अहिले ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवार रहेकी डा. तोसिमा कार्की बल्ल प¥यो माकुरी जालैमा भन्दै नाचिरहेको भिडियो उनैले सार्वजनिक गरेकी थिइन् ।
भाद्र २३ गते विद्यार्थी भाईबहिनीहरुलाई अघि लगाएर षडयन्त्रको जालो बनाउनुको एउटै कारण थियो । तत्कालिन केपी ओली नेतृत्वको सरकार हटाउनु । बैधानिक रुपमा तत्कालिन ओली सरकार ढाल्न नसकिने अवस्था रहेपछि षड्यन्त्रमूलक ढँगले ओली सरकार ढाल्न सिंहदरबार सहित सर्बोच्च अदालत, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास लगायत दर्जनौँ सरकारी भवनहरुमा आगजनी गरियो । तत्कालिन काठमाडौ महानगरका मेयर बालेन साहले आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकजाँच गर्दा उनले सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने स्टाटस लेखेका थिए । सिंहदरबारमा आगजनी भयो तर साहलाई सामान्य सोधपुछ सम्म गरिएन ? भाद्र २७ गते सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न बालेनले नै सिफारिस गरेका र तिनै बालेनले भाद्र २५ गते देखि नै केही आफूँ समर्थक जेनजीहरुलाई नेपाली सेनाका प्रधानसेनापतिँग वार्ता गर् भनेर स्टाटस् फेसबुकमा लेखेर वार्ता गर्न आग्रह गरेका थिए । जेनजीहरुले वार्ता गरे । वार्तामा पठाउने बालेन नै हुन् । सुशिला कार्कीको नाम सिफारिस गर्ने बालेन नै हुन् । कार्की प्रधानमन्त्रीमा नियुक्त भइन् भने बालेनले आफ्ना कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाउन सफल भए भने कुलमानसहितका व्यक्तिहरुको नाम समेत बालेनले नै दिएका हुन् । यी सबै तथ्यहरुलाई हेर्दा भाद्र २३ र २४ गतेको योजनाकार बालेन नै हुन् भन्ने प्रष्ट हुन्छ । आफैँले प्रधानमन्त्रीमा सिफारिस गरेकी व्यक्ति प्रधानमन्त्री भएको र आफ्नै कानुनी सल्लाहकार रहिसकेका व्यक्ति गृहमन्त्री रहेकाले कानुनी कारबाहीबाट बालेनलाई उन्मुक्ति दिएको प्रष्ट हुन्छ । बालेनले मेयरको पदावधि बाँकी रहँदा रहँदै अहिले झापा ५ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार बनेका छन् । बालेनको लोकप्रियतालाई आफ्नो पार्टीको साइज बढाउन रास्वपाले उनलाई रास्वपाको वरिष्ठ नेता बनाउँदै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । तर आजसम्ममा रास्वपाको नीति के हो ? विचार के हो ? सिद्धान्त के हो ? भनेर कहिँ कतै प्रष्ट पारेको छैन । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा संलग्न रहेको भन्दै विभिन्न जिल्लाममा उनी विरुद्धका मुद्दाहरु विचाराधिन अवस्थामा रहेकाले नै भिडतन्त्रलाई देखाएर सरकार र अदालतलाई प्रभाव पार्नका लागि सभापति लामिछानेले चलाखीपूर्ण तवरले बालेनलाई आफ्नो पाटीमा प्रवेश गराएर भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु लामिछानेको चलाखी र आफूमाथि लागेको मुद्दाहरुबाट सफाई पाउने एकमात्र रणनीति बाहेक अर्को केही हुन सक्दैन ।
एउटा व्यक्तिलाई देवत्वकरण गरेर देशको विकास हुन सक्दैन । लोकप्रियतावाद सँधैधरी रहन सक्दैन । राजनीतिक दलहरुको आ आफ्नै सिद्धान्त हुन्छ, कांग्रेस, एमालेको सिद्धान्त प्रष्ट छ तर रास्वपाको सिद्धान्त के हो ? बैदेशिक नीति के हो ? त्यो आजसम्म उसले सार्वजनिक गरेको छैन । रास्वपामा विचारको खडेरी परेको छ । भिडतन्त्रलाई देखाएर निर्वाचन जित्ने मात्र उसको नीति रहेको जस्तो देखिएको छ । एउटा व्यक्तिलाई सत्तामा पु¥याउनु मात्र लोकतन्त्र हुन सक्दैन । रास्वपाले अन्धसमर्थकहरु मात्र उत्पादन गरिएको छ । आगामी निर्वाचन पात्र परिवर्तनको प्रतिस्पर्धा मात्र बन्नु हुँदैन । अहिलेको निर्वाचन प्रणालीगत सुधारको जनमत संग्रह हुन सक्नुपर्दछ । हरेक दलभित्र आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रियामा सुधार, शक्ति सन्तुलन, स्वतन्त्र संस्था र विधिको शासन जस्ता विषय नै राजनीतिक बहस हुनु पर्नेमा त्यस्तो देखएिको छैन । यी सबै कारणहरुले गर्दा आगामी निर्वाचनले समेत मुलुकका समस्याहरु समाधान गर्न सक्ने सम्भावना न्यून देखिएको छ ।
एउटा व्यक्ति बलियो भएर मात्र देश चल्न सक्ने अवस्था रहँदैन । सस्था बलियो हुनुपर्दछ । को प्रधानमन्त्री बन्छ होइन प्रणालीमै सुधार हुनुपर्दछ । प्रणालीमा सुधार कसरी गर्ने भन्ने मुद्दा रास्वपाले कहिल्यै उठाएको छैन । उसलाई त कांग्रेस, एमालेलाई गाली गलौज गर्ने र खास गरेर एमाले अध्यक्ष केपी ओली लाई मात्र प्रहार गरिरहेकाले रास्वपापनि गालीकै खेतीका लागि मात्र स्थापना भएको जस्तो देखिएको छ । केपी ओली लामो समयदेखि राजनीति गर्दै आएका र खटिएका नेता हुन् । उनी जस्तोसुकै अवस्थाहरु पार लगाउन सक्ने नेता हुन् भने उनले २०७२ सालको भूकम्प, संविधान निर्माणमा उनले खेलेको भूमिका, भारतले नेपालमाथि नाकाबन्दी लगाउँदै खेलेको भूमिका सिमा सम्बन्धमा उनले खेलेको भूमिका नेपाल र नेपाली जनताले सँधै सम्झिरहनेछन् । ओली सरकार हुँदा सरकारले लिएको विदेश नीतिको त विश्वभरमै चर्चा भएको थियो । यी सबै कारणहरुले गर्दा नै बालेन र रास्वपा ओलीको विरुद्धमा उत्रिएका हुन् ।
भाद्र २३ र २४ गतेको विध्वसात्मकार्य गर्नेहरु र त्यस्तो कार्य गर्न उक्स्याउनेहरु अहिले सबै रास्वपामा प्रवेश गरेर रास्वपाकै उमेदवार बनेका हुनाले बालेन र लामिछानेलाई एकै ठाउँमा ल्याउने शक्ति एउटै हो भने प्रमाणित हुँदै गएको छ । त्यही शक्तिले बालेनलाई झापा ५ मा केपी ओली निर्वाचित हुँदै आएको क्षेत्रमा पु¥याएको विस्तारै प्रमाणित हुँदै गएको हामीले ठानेका छौँ । यो मुलुककै लागि अभिशाप हो । यहाँनेर सम्झनुपर्ने के छ भने भीमसेन थापाकी श्रीमतीले नेपालमा भलो गर्नेहरुको कहिल्यै भेलो नहोस् भनेर सराप दिएकी थिइन अहिले ओलीमाथि त्यही भयो भन्ने हामीले ठानेका छौँ ।






























