सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा

1.34K
shares

काठमाडौँ । पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । सोमबारको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अपराह्न साढे ४ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो ।

परिस्थिति पूर्ण रूपमा सामान्य नभएकाले वर्तमान अवस्था समेतलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ।उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने छ ।

दुई जनाकोबिचमा भएको विवादलाई बढाएर सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने कार्यमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने र त्यसमा धार्मिक अगुवाहरुले सहजिकरण गर्ने निर्णय गरिएको छ ।व्यक्तिगत घटनालाई लिएर घृणापुर्ण अभिव्यीक्त दिने र सामाजिक सञ्जालमा त्यसबारे अनधिकृत पोष्ट गर्नेलाई विद्युत्तिय कारोबार ऐन अनुसार कारबाही गर्ने निर्णय भएको छ ।

आगामाी दिनमा धार्मिक सहिष्णुता कायम राख्न नागरिक समाज र राजनैतिक दलहरु लगायतले विज्ञप्ति प्रकाशन गर्ने निर्णय गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports