तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालका पूर्व प्रहरी प्रमुख खापुङले हजारौं निहत्था युवा प्रदर्शनकारीहरूमाथि घातक हतियार प्रयोग गर्न आदेश दिएको बीबीसीको अनुसन्धान

637
shares

काठमाडौं । नेपालका पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले हजारौं निहत्था युवा प्रदर्शनकारीहरूमाथि घातक हतियार प्रयोग गर्न आदेश दिएको बीबीसीको एक अनुसन्धानले खुलाएको छ।

गत वर्ष सेप्टेम्बर ८ मा राजधानी काठमाडौंमा मारिएका १९ जनामध्ये विद्यालयको पोसाक लगाएका एक किशोर पनि थिए, जो भीडबाट टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो। यस घटनामा अन्य दर्जनौं घाइते भएका थिए।राजनीतिक भ्रष्टाचारलाई लिएर हप्तौंदेखि गुम्सिएको आक्रोशपछि भएको जेनजी प्रदर्शनका घटनाहरूले थप आन्दोलनको रूप लियो, जसले गर्दा भोलिपल्टै नेपालका प्रधानमन्त्रीको राजीनामा र सरकार पतन भयो।

बीबीसी वर्ल्ड सर्भिसको टोलीले सेप्टेम्बर ८ का घटनाहरूको विवरण भएको प्रहरीको आन्तरिक कागजात फेला पारेको छ। जसमा ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको १० मिनेटपछि, र फिल्डमा रहेका अधिकारीहरूले घातक हतियार प्रयोग गर्न बारम्बार अनुमति मागेपछि आफ्ना अधिकारीहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको खुलासा भएको छ।

बीबीसी आई इन्भेस्टिगेशन्सलाई स्रोतले बताएअनुसार ‘पिटर १’ नेपालका पूर्व प्रहरी महानिरीक्षक खापुङले प्रयोग गर्ने कल साइन थियो। खापुङले आफूले आदेश दिएको कुरालाई अस्वीकार गरेका छैनन्, तर नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको स्वीकृतिपछि र नेपाली कानुनबमोजिम अन्य सबै प्रकारका बल प्रयोग गरिसकेपछि मात्र यस्तो आदेश दिइएको बताएको छ।अवकाश प्राप्त गरेका खापुङले यसबारे प्रतिक्रिया माग्दा जवाफ नदिएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीले परीक्षण गरेको भिडियो प्रमाणले १९ जना पीडितमध्ये सबैभन्दा कान्छा १७ वर्षीय श्रीयम चौलागाईं निहत्था रहेको र मृत्यु हुनुअघि शान्तिपूर्ण रूपमा घटनास्थलबाट बाहिरिने प्रयास गरिरहेको देखाउँछ।भदौ २३ का घटनाहरूको अहिले सार्वजनिक छानबिन भइरहेको छ, जसको प्रतिवेदन आउन बाँकी छ। हालसम्म कसैलाई पनि जिम्मेवार ठहर्‍याइएको छैन र आगामी फागुन २१ मा आम निर्वाचन हुने तय भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports