तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२१ फागुनमा तय निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने

689
shares

काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ । सोही क्रममा आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान यथावत सञ्चालनको वातावरण बनाउन भनेको हो । निर्णय अनुसार मतदानको दिन आन्तरिक र वाह्य उडान यथावत सञ्चालन हुनेछन् ।

उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले गृह मन्त्रालयलाई भनेको छ ।

यसअघिका निर्वाचनमा आन्तरिक उडानका जहाज बन्द गर्ने प्रचलन थियो । सोही अनुसार नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी समेत जारी गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports