सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आइपिएलको सुरूवाती -२० खेलको तालिका

1.11K
shares

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का सुरुआती २० खेलको तालिका बुधबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल मार्च २८ मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ ।

उक्त खेल बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुने तालिकामा उल्लेख गरिएको छ । यही रंगशालामा गत वर्ष जुन ४ मा रोयल च्यालेन्जर्स बैंग्लोरको विजय उत्सवका क्रममा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको थियो ।सार्वजनिक तालिकाअनुसार पहिलो चरणमा १६ दिनभित्र २० खेल खेलाइनेछ । तीमध्ये ४ दिन दुई-दुई खेल हुनेछन् । पाँच पटकको विजेता मुम्बई इन्डियन्सले मार्च २९ मा कोलकाता नाइट राइडर्सविरुद्ध आफ्नो पहिलो खेल मुम्बईस्थित वानखेडे रंगशालामा खेल्नेछ ।

साविक विजेता भएकाले परम्पराअनुसार प्रतियोगिताको उद्घाटन खेल, दोस्रो क्वालिफायर र फाइनल खेल पनि रोयल च्यालेन्जर्स बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामै हुने व्यवस्था गरिएको छ । बैंगलुरुले गत सिजनको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।यस वर्ष देशका पाँच राज्यमा निर्वाचन हुने भएकाले प्रतियोगिताको सुरुआती खेल दुई दिन पछि सारिएको हो। यसअघि प्रतियोगिता मार्च २६ बाट सुरु गर्ने योजना थियो ।

निर्वाचन हुने राज्यहरूमा पर्ने केही मुख्य रंगशालामा पनि खेल हुने भएकाले तालिका दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिएको छ । तमिलनाडुको चेन्नईस्थित एमए चिदम्बरम रंगशाला चेन्नई सुपर किंग्सको घरेलु मैदान हो भने पश्चिम बंगालको कोलकातास्थित इडेन गार्डेन्स कोलकाता नाइट राइडर्सको घरेलु मैदान हो । असमको गुवाहाटीस्थित बारसापारा क्रिकेट रंगशाला भने राजस्थान रोयल्सको दोस्रो घरेलु मैदानका रूपमा प्रयोग हुँदै आएको छ ।प्रतियोगिताको दोस्रो चरणको तालिका भने निर्वाचन मितिको घोषणा भएपछि मात्र सार्वजनिक गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports