जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी लेफ्टिनेन्ट जनरलको नेपाली सेनाका प्रधानसेनापतिसँग भेट

689
shares

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको थियो ।पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो ।उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछ । उक्त टोली भोलि मङ्गलबार थाइल्याण्डतर्फ जाने भएको जनाइएको छ ।

लेफ्टिनेन्ट जनरल भोवेलको भ्रमणबाट नेपाल–अमेरिकाबिचको सम्बन्ध प्रगाढ हुनाका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा योगदान पुग्ने विश्वास लिइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports