सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा र प्रचण्डको मत बाझियो, ओली आफ्नै अडानमा: बालुवाटार बैठक

585
shares

प्रधानमन्त्री निवास बालुवाटार तीन शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ ।

आइतबार बालुवाटाको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विविध विषयमा २ घन्टासम्म छलफल भएको थियाे ।

छलफलको सुरुवातमै प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अगाडि बढाउन सहयोग मागेका थिए । तर, माओवादी अध्यक्ष प्रचण्डले एमसीसी स्थानीय चुनावपछि मात्र अघि बढाउन आग्रह गरे ।प्रधानमन्त्री देउवा भने एमसीसीबारे चाँडै निर्णय गर्नुपर्नेमा देखिन्थे । यद्यपि, सत्तासाझेदार दल माओवादीका अध्यक्ष प्रचण्डले यस विषयमा स्थानीय चुनावपछि मात्र अघि बढ्नुपर्ने भनेका छन् ।

एमाले अध्यक्ष ओलीले भने यसअघिकै आफ्नो अडान राखेका छन् । उनले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताएका छन् भने संसद अवरुद्धसम्बन्धी सभामुखको कदम सच्चिनुपर्ने उनले बताए ।बैठकमा सहभागी भएका एमाले महासचिव शंकर पोखरेलले बैठकबारे सञ्चारकर्मीसँग भनेका छन् । ‘एमसीसीका सन्दर्भमा उहाँ (प्रचण्ड) ले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ,’ उनले भने ।

महासचिव पोखरेलले एमसीसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने पनि बताएका छन् ।उनले भने, ‘सरकारले स्पष्ट पारिसकेपछि हामी स्पष्ट दृष्टिकोणका साथ उपस्थित हुन्छौँ । सत्तापक्ष नै अनिर्णित भएर बस्ने कुरा राम्रो होइन । सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले हतारिँदैन ।’

स्थानीय तहको निर्वाचबारे बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेको महासचिव पोखरेलले बताएका छन् । उनका अनुसार प्रधानमन्त्री देउवाले क्याबिनेटले मिति घोषणा गर्ने भनेका छन् ।संसद अवरुद्धबारे सभामुखको कदम सच्चिनुपर्ने पोखरेलले बताए । उनले भने, ‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौं सभामुखबाट भएको कमजोरी सच्याउनुपर्‍यो । १४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports