अमेरिकी राष्ट्रपति ट्रम्पको दावी हामीले युद्ध जित्यौ, इरानले आणविक हतियार नराख्ने सहमति जनायो
वि.सं.२०८२ चैत ११ बुधवार ०९:००
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्धको युद्ध जितेको दाबी गरेका छन् । उनका अनुसार इरानको नौसेना, वायुसेना र राडार प्रणालीहरूले अहिले काम गरेको छैन ।
‘अमेरिकी विमानहरू तेहरानमाथि उडिरहेका छन् र अमेरिकाले जे चाहन्छ त्यो गर्न सक्छ ।’ ट्रम्पले भने ।मंगलबार ह्वाइट हाउसमा मिडियासँग कुरा गर्दै ट्रम्पले इरानले आणविक हतियार नराख्ने सहमति जनाएको बताए । साथै, उनले दुई देशबीच वार्ता जारी रहेको र इरान सम्झौतामा पुग्न चाहेको बताए ।
राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रो पहिलो सर्त भनेको इरानले आणविक हतियार बनाउने छैन, जसमा सम्झौता भएको छ ।’ तर इरानले अहिलेसम्म यसबारे कुनै बयान जारी गरेको छैन ।
































