कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
वि.सं.२०८२ चैत ११ बुधवार ०९:०२
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार हिजोको बैठकमा २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।बैठकमा १५औँ नियमित महाधिवेशन तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।
हिजोको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४, २५ र २६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।केन्द्रीय सदस्यहरुले बोल्नेक्रम नसकिएकाले बैठक बुधबार बिहान ११ बजे फेरि बस्नेगरी स्थगित भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।































