सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गौतम सम्मानित
वि.सं.२०८२ चैत ११ बुधवार १२:५४
shares

वीरगञ्ज । सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित भएका छन् । पुरस्कारको राशि २५ हजार नगद सहित सम्मानपत्र रहेको छ ।
पाण्डे राष्ट्रिय समाचार समिति (रासस)का तत्कालीन नारायणी अञ्चलका प्रमुख समेत थिए ।नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा चैत ११ गते आयोजित कार्यक्रममा नव निर्वाचित सांसद बुद्धिप्रसाद पन्तले पत्रकार गौतमलाई सो पुरस्कार सम्मानस्वरुप अर्पण गरेका छन्।
पत्रकार गौतम अस्वस्थ भएका कारण नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले घरमा पुगेर सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गरेको जानकारी दिएका छन् ।
































