सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसले समानुपातिक सांसदलाई फिर्ता बोलाउन सक्ने प्रावधान आफ्नो विधानमै राख्यो

728
shares

काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिक सांसदको कार्यसम्पादन कमजोर देखिएमा फिर्ता बोलाउने भएकाे छ।

केन्द्रीय कार्यालय सानेपामा सुरु भएको संसदीय सचेतना कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई नयाँ प्रावधानको बारेमा जानकारी दिएका हुन्। उनले विशेष महाधिवेशनबाट पारित विधानको दफा ४ को व्याख्या गर्दै सांसदको संसदीय जिम्मेवारी प्रभावकारी र जवाफदेही बनाउनुपर्ने व्यवस्था सुनाएका थिए।

नयाँ विधानअनुसार, प्रचलित कानुन वा पार्टीको निर्देशनविपरीत काम गरेको ठहर भएमा, वा कार्यसम्पादन सन्तोषजनक नभएमा पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ।

उपसभापति शर्माले पार्टीले संशोधित प्रावधानको कार्यान्वयनका लागि सांसदहरूको सुझाव समेटेर निर्देशिका तयार गर्ने प्रक्रिया अघि बढाएको जानकारी पनि दिएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports