विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल ढुलमुले नेता

676
shares

काठमाडौ । तत्कालिन माओवादीका दोस्रो तहका नेता एवं तत्कालिन संविधानसभाको विधान समितिका सभापति डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको ढुलमुले नितिकै कारण अपूर्ण संविधानमा आफूले हस्तक्षर गर्नुपरेको आरोप दाहालमाथि लगाएका छन् ।

संविधान निर्माणपश्चात् माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामक पार्टी गठन गरेका डा. भट्टराईले नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरममा विलय गराएका छन् । संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टी एकीकृत भएर समाजवादी पार्टीको निर्माण भएको छ ।

अहिले डा. भट्टराई समाजवादी पार्टीको संघीय परिषद्को अध्यक्ष रहेका छन् भने तत्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष रहेका उपेन्द्र यादव पार्टीको अध्यक्ष रहेका छन् । दुई पार्टीबीच एकीकरण भएपश्चात् समाजवादी पार्टीले मुलुकका ७ वटै महत्वपूर्ण शहरहरुमा अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । त्यसैक्रममा समाजवादी पार्टीले जनकपुरमा आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले पुष्पकमल दाहालाई ढुलमुले नेता भएको आरोप लगाएका छन् ।

दाहालकै कारण अपूर्ण संविधान आएको भन्दै उनले संविधानलाई पूर्ण बनाउन संघीय गणतन्त्रको संस्थागत गर्न प्रत्येक नेपालीको पहिचान स्थापित गर्न दुई परिवर्तनकारी शक्ति संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकीकरण भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरममा एकीकरण गरेपश्चात् उनी मुलुकका विभिन्न शहरमा पुगेर समाजवादी पार्टीले मात्र मुलुकको विकास गर्न सक्ने अभिव्यक्ति दिन थालेका छन् । पुष्पकमल दाहाल ढुलमुले नेता भएकै कारण यो संविधान आधार भरिएको र आधा खाली गिलासजस्तो भएको आफूले त्यसै बेला बताएको बताउँदै संविधानलाई पूर्ण बनाउन प्रत्येक नेपालीको सम्मान विकास अवसर र समान पहुँचको आवश्यकता रहेको बताएका छन् ।

समारोहलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भने समाजवादी पार्टीको निर्माणले हिमाल, पहाड र तराईको भावना एक भएको दाबी गर्दै यो पार्टीमात्र राष्ट्रिय पार्टी भएको बताएका थिए ।

देशमा समृद्धि, संघीय गणतन्त्र सुशासन ल्याउने समाजवादी पार्टीको मुख्य उदेश्य रहेको उनको भनाई थियो । अध्यक्ष यादवले सुशासनको कुरा गरेपनि त्यसलाई पत्याईहाल्ने आधारहरु भने देखिएका छैनन् । यादवले समालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयभित्रै बेथिति रहेको र मन्त्री यादवले समेत कर्मचारीमाथि विभेद गर्दै सरुवा, बढुवा र नियुक्तिमा समेत आर्थिक चलखेल गर्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

केही समय अघिमात्र उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिवलाई अन्यन्त्र सरुवा गराएपछि सचिव पुष्पा चौधरीले पुनः बहाली गराउन सर्बोच्च अदालतमा रिट निवेदन दायर गरेकोमा अदालतले पुनः बहाली गराउन आदेश दिएपछि मन्त्री यादवले उनलाई बहाली गराएका थिए त्यसबेला सचिवले लगाएका मन्त्रीमाथिको आरोप कसरी साम्य भए त मन्त्री ज्यु !

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports