सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुटवलमा बिधार्थी र प्रहरी बिच झडप केही बिधार्थी घाईते

468
shares

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहकाे निर्वाचन घाेषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो।

यसैगरी उनीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए। अनेरास्ववियुका कार्यकर्ताहरूले  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयअगाडि गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पाेखरेल, बुटवल नगर कमिटी अध्यक्ष राेशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए।

नगर कमिटी अध्यक्ष राेशन घिमिरकाे टाउकाेमा गम्भीर चाेट लागेकाे र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पाण्डेले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports