प्रधानमन्त्री बालेनले लिए गृहमन्त्री गुरुङसँग लिखित स्पष्टीकरण
वि.सं.२०८३ वैशाख ८ मंगलवार १३:२१
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन् ।
सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको तथा पक्राउ परेका विवास्पद व्यवसायी दीपक भट्टसँगको व्यावसायीक सम्बन्ध जोडिएको विषयमा गृहमन्त्री गुरूङमाथि प्रश्न उठेपछि प्रधानमन्त्री साहले चासो देखाएका हुन् । यसअघि गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै सार्वजनिक रूपमा स्पष्टीकरण दिएका थिए । तर विवाद थप बढ्दै गएपछि प्रधानमन्त्री साहले औपचारिक रूपमा लिखित जवाफ मागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री गुरुङको विषयमा प्रधानमन्त्री साहको ध्यानाकर्षण भएको थियो ।
गृहमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्रीसमक्ष लिखित स्पष्टीकरण बुझाइएको पुष्टि गरेको छ । सचिवालयका अनुसार विवादास्पद व्यवसायी भट्टको कम्पनीबाट सेयर खरिद गरिएको विषयमा प्रश्न उठेपछि स्पष्ट पार्न लिखित स्पष्टीकरण पेश गरिएको हो ।
सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे प्रधानमन्त्रीलाई आफ्नो लिखित स्पष्टीकरण बुझाएका हुन् ।




































