नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखहरूसँग ५ घण्टा छलफल

832
shares

काठमाडौँ । सिंहदरबारमा मङ्गलवार गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र आईजीपी दानबहादुर कार्की सहितका उच्च सुरक्षा अधिकृतहरूसँग करिब ५ घण्टा छलफल गरे । साँझ ६ बजे सुरु भएको छलफलबाट सचिव श्रेष्ठ राति ९ बजे बाहिरिएका थिए । तर, आईजीपी कार्की र केही उच्च सुरक्षा अधिकृतहरू बाहिरिँदा झन्डै ११ बजेको थियो ।

छलफलमा काठमाडौँका सीडीओ ईश्वरराज पौडेल र सशस्त्रका आईजी राजु अर्याल पनि सहभागी थिए । गृहमन्त्री गुरुङले सुरक्षा अधिकारीहरूसँग सुरुमा माइतीघरमा अनसनरत सोभा पाठकको इस्युमा छलफल गरे । आफूलाई बलात्कार गर्ने पुरुषलाई पक्राउ गर्नुपर्ने र मुद्दा अदालतमा लैजानुपर्ने माग राख्दै पाठक वैशाख ३ देखि माइतीघर मण्डलामा आमरण अनसन बसिरहेकी छन् । वैशाख ५ मा मन्त्री सुधन गुरुङले मण्डलामा पुगेर उनलाई भेटेर ‘सान्त्वना’ दिएका थिए ।बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृत भन्छन्, ‘शोभा पाठकको अनसनको इस्यु संवेदनशील भएको हुनाले त्यसमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ ।’ स्वास्थ्यमा समस्या आएपछि पाठकलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल सहितका विरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरण मुद्दा र त्यसमा ‘कनेक्टेड’हरुलाई कसरी अनुसन्धानको दायरामा ल्याउन सकिन्छ भन्नेबारे उनले चासो राखेका थिए । भट्ट र अग्रवालमाथिको अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको छ । गृह मन्त्रालय र सुरक्षा निकायको लागि आवश्यक बजेटबारे पनि छलफल भएको अधिकृतहरू बताउँछन् । छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले भने, ‘लामो छलफल सुशासन र सेवा प्रवाहमा केन्द्रित थियो ।’काठमाडौँ उपत्यका सहित देशभर ट्राफिक व्यवस्थापन कसरी सुधार गर्ने र दुर्घटना न्यूनीकरण गर्नेबारे पनि मन्त्री गुरुङले छलफल गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports