संसदको अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई पठाएको पत्र अनुसार बोलाइएको अधिवेशन स्थगित
वि.सं.२०८३ वैशाख १० बिहीवार १७:३८
shares

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो ।राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय भएको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।
‘सिफारिस पत्रमा जे आएको थियो, त्यही बमोजिम निर्णय भएको छ,’ स्रोतले भन्यो ।यससअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।






































