सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धितापत्र बोर्डको कार्याकारी अध्यक्षका लागि ५ जना पहिलो चरणमा छनोट

624
shares

नेपाल धितापत्र बोर्डको कार्याकारी अध्यक्षका लागि ५ जना पहिलो चरणमा छनोट भएका छन् । अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जना छनोट गरेको हो।

सोमबार बसेको सिफारिस समितिको बैठकले कुल १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको हो । छनोट भएका उत्कृष्ट ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेको स्रोतले बताएको छ ।  छनोट भएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।उक्त पदका लागि उल्लेखित ५ जनासहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

ime long ad

मन्त्रीस्तरीय निर्णयबाट बोर्ड अध्यक्ष नियुक्तको लागि सिफारीस समिति गठन भएको थियो । सो समतिले बोर्ड अध्यक्षको लागि आवेदन पनि मागेको थियो । आवेदन दिने समय सकिएपछि समिति गठन प्रक्रिया नै कानुनसंगत नभएको भनेपछि मन्त्री परिषदवाट निर्णय गराई समितिलाइ कानुनी मान्यता दिइ पुन आवेदन खुला गmरेको थियो । दोस्रो चरणको आवेदन माग गर्दा १५ जनाको आवेदन परेको हो । अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो ।नेपाल सरकारद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्ष पदका लागि १५ दिन अघि सूचना जारी गरेको थियो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र वित्त सदस्यमा जीवनाथ धिताल रहेका छन् ।

धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports