विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी

1.66K
shares

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी विजयी भएका छन्।

संघको आइतबार सम्पन्न २१ औं साधारणसभा तथा अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। उत्तम केसीले २१६ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका प्रतिस्पर्धी सबिन श्रेष्ठले १३२ मत प्राप्त गरे।उपाध्यक्ष पदमा पूजना प्रधान र शिवहरि बैरागी विजयी भएका छन्। पूजना प्रधानले १४४ मत तथा शिवहरि बैरागीले १४६ मत प्राप्त गरे।

त्यस्तै, महासचिव पदमा सुनील कटवाल १९५ मतका साथ विजयी भएका छन्। सचिव पदमा गोपाल ढकाल २१४ मतका साथ विजयी भए भने कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित विजयी भइन्। सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित विजयी भए।

त्यसैगरी सदस्य पदमा १० जना निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरूङ, जीवन थापा, दमन रूपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान शंकर इकु रहेका छन्।नयाँ कार्यसमिति आगामी तीन बर्षका लागि चयन भएको हो।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports