विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदै

1.03K
shares

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् । उनीमाथि सात उजुरी परेको स्रोतले जनाएको छ ।२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।

वरियता मिचेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएपछि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित सर्वोच्चका कतिपय न्यायाधीशहरु र कानुन व्यवसायीहरु विरोधमा छन् ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports