विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

छिटै निबाॅचन कायॅतालीका ल्याउछै : प्रवत्ता पौडेल

741
shares

निर्वाचन आयोगले केही दिनभित्रमै स्थानीय तहको निर्वाचन कार्यतालिका प्रकाशन गर्ने बताएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेपछि आयोग निर्वाचनको तयारीमा लागिसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।‘…निर्वाचनको मिति घोषणा भइसकेपछि हामीले हिजो निर्णय गरेर ७७ वटै जिल्लामा मतदाता नामावली संकलनको कार्य स्थगित भएको अवस्था छ । केही दिनमा वैशाख ३० गते सम्मकै कामको कार्यतालिका निकाल्छौँ । अहिले छलफलकै क्रममा छ’ उनले बताए ।

अब आयोगले मतदाता नामावली अध्यावधिकको काम सुरु गर्ने उनले बताए । अन्तिम मतदाता नामावली प्रकाशित हुन भने अझै डेढ महिना लाग्ने पौडेलले बताए ।आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने पनि आयोगले बताएको छ । निर्वाचनका लागि १२० दिन समय पाउनुपर्नेमा अब केवल ९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम फाष्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने प्रवक्ता शर्माले बताए ।

Machhapuchchhre Bank ad

‘करिब करिब निर्वाचनका लागि आवश्यक पर्ने समयको २५ प्रतिशत कटौती भएको अवस्था हो । यसले गर्दा हामीले कतिपय कामहरु फाष्ट ट्रयाकमा गर्नुपर्ने अवस्था छ । यसले गर्दा केही प्रतिस्पर्धाहरु, लजिस्टिकहरु प्रतिस्पर्धाहरु लिमिटेड हुनसक्ने अवस्थाहरु छन्’ उनले भने ।स्थानीय तह निर्वाचनका लागि हालसम्म दर्ता भइसकेका १०५ र अब दर्ता हुने दलले पनि भाग लिन पाउने आयोगले बताएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports