विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाशिवरात्रीको लागि मूल तयारी समिति गठन

611
shares

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ ।कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ ।सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।

यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था, स्वयंसेवा परिचालन व्यवस्था र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको उनले जानकारी दिए ।

कोरोनाको तेस्रो लहर सुरु भएसँगै बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर महाशिवरात्रिअघि नै खोल्ने तयारी पनि कोषले गरेको छ । यस वर्ष फागुन १५ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports